श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुष १७ गते, आईतबार, १ जनवरी २०२३।नल संवत्सर। पुषशुक्ल पक्षको दशमी तिथि १९ः३२ बजे सम्म उप्रान्त एकादशी, नक्षत्र अश्विनी १३ः०५ बजे सम्म उप्रान्त भरणी। चन्द्रराशि–मेष । सुर्याेदय ०६ः५४ बजे र सुर्यास्त ०५ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर परिस्थिति अनुकूल बन्नाले धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आगन्तुकले अलमल्याउने हुँदा नियमित काममा भने बाधा पुग्न सक्छ ।श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ। काम बिग्रने भयले सताउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझतिर व्यवसायमा फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ।