श्री शालवाहनीय शाके १९४३ ने.सं.१९४२ वि.सं. २०७९ साल भदौ १० गते शुक्रबार, २६ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः४४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्लेषा १८ः५० बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३९ र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गरेमा छोटो समयमै काम सम्पन्न गर्न सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आलोचकहरूले आफ्ना कमजोरी खोतल्न सक्छन् । पहिलेको उपलब्धि र आम्दानी जोगाउन समस्या पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नु पर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। आफन्तसँग भेटघाट हुनाले मन हर्षित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गरे अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नु पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला। श्रमप्रति समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामलाई निरन्तरता दिन सकिनेछ । व्यावसायिक क्षेत्रमा सजग र होसियार रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हतारमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ।
































