विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को शुभमुर्हत गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त चलचित्रको शुभमुर्हत गरिएको हो ।

मुसर सामुदायभित्र हुने अशिक्षाको कारण हुने बालबिवाह, हिंसा, शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यले सन्देश मुलक चलचित्र बनाउन लागि परेको निर्माता तथा अभिनेता धमेन्द्र ऋषिदेवले बताए । १५ लाख रूपैयाँ लागतमा निर्माण हुन लागेको यो चलचित्रको निर्देशक पुष्कर रानामगरले गरेका छन् । मुसर सामुदायको पहिलो चलचित्र झापा, मोरङ, सुनसरी र सप्तरीमा छायाकन हुनेछ । 

चलचित्रको छायाकन सुरू आरम्भ भएकोले दुई महिना भित्रमा निर्माण पुरा गरी प्रर्दशनीमा ल्याउने तयारी गरिएको निर्माता ऋषिदेवले बताए । ‘२२ जिल्लामा मुसर सामुदायको बसोवास रहेको छ,’ उनले भने, ‘मुसर भाषमा निर्माण हुने यो चलचित्र यही परिभेषदको सन्देशमुलक भएकोले हामीले च्यारिटि शो गरेर चलचित्र प्रर्दशन गर्नेछौं ।’ मुसर सामुदायको बस्तीमा पुगेर चलचित्र निर्माण भएपछि प्रर्दशन गर्ने उनले बताए । 

चलचित्रको अभिनेत्रीमा लक्ष्मी राई रहेकी छिन् । अन्य कलाकाहरुमा सन्तोष ऋषिदेव, साइमन सरदारलगायत रहेका छन् । यो चलचित्रमा चार वटा गीत रहेको छ ।