श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन २७ गते शुक्रबार, १२ अगष्ट २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको पूर्णिमा तिथि ०७ः१८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र धनिष्ठा भोलि ०७ः४८  बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रराशि मकर, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । माया मारेको कामसमेत सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा अग्रज व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व रहनेछ । रोकिएका काम दोहोर्याए सम्पन्न होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक कामबाट पनि उल्लेख्य फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायमा थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्राको साइत जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका साथीभाइसँग भेटघाट हुनेछ । परिवारजनको सहयोग जुट्नाले जोस–जाँगर बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।