श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १३ गते शुक्रबार, २९ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण शुक्ल पक्षको प्रतिपदा तिथि भोलि ०१ः४० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुष्य १०ः०४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथीसँग भेट हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायका माध्यमले रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वादविवादमा अलमलिनु पर्दा काममा बाधा पुग्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना सामानमा अरूले दाबी गर्लान् । अवसरवादीहरूबाट सजग रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बलजफ्ती गर्दा समस्या आउन सक्छ । उठ्नुपर्ने रकम तत्काल प्राप्त नहुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति सङ्घर्षपूर्ण रहे पनि आशा गरेको फल प्राप्त हुनेछ। खानपानमा ध्यान दिनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति गर्न नसकिने र व्यापार–व्यवसायमा समेत सोचेको जति फाइदा नहुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ योजना कार्यान्वयनमा ल्याउन केही समय पर्खनु होला । व्यावसायिक काममा केही लगानी गर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तान वा अनुयायीले साथ दिनेछन् । वैदेशिक यात्राको योग रहेको देखिन्छ ।