धरान ।  अभिनेता भुवन केसी नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

अभिनेतृहरूलाई दुव्र्यवहार गरेको भन्दै विवादित भए पनि सरकारले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षका लागि १० जनाले निवेदन दिएका थिए । नवनियुक्त अध्यक्ष केसीले बुधबार बिहान पदभार ग्रहण गरेका छन् ।

बोर्डको कार्यालय चाबहिलमा उनलाई कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै उनले चलचित्र क्षेत्रका समस्याहरू पहिल्याएर समाधान गर्ने बताएका छन् । केसी केही समयअघि मात्र नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी एमालेमा रहेका थिए ।