श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल साउन १२ गते बिहीबार, २८ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको औंसी तिथि २३ः४५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु ०७ः२३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रराशि कर्कट, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गरे छोटो समयमै कार्य सफल पार्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामतर्फ अग्रसर भइनेछ। केही रकम समाजसेवा तथा पुण्यकर्ममा खर्च हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोलीमा सजग रहनुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। अर्थ अभावसमेत देखापर्न सक्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ ।