श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ११ गते बुधबार, २७ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको चतुर्दशी तिथि, २१ः३३ बजेसम्म, उप्रान्त औंशी, नक्षत्र पुनर्वशु भोलि ०७ः२३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रराशि मिथुन, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरू जुट्नेछन् । ईष्र्या गर्नेहरू पनि मित्र बन्नेछन् । फलदायी यात्राको योग देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गरे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्दले काममा बाधा पुग्न सक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो परिश्रमबाट अरूले फाइदा उठाउन सक्नेछन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वादविवादले पनि आँटेका काममा बाधा पु¥याउनेछ। आयस्रोत कमजोर रहने समय छ।