श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन १० गते मङ्गलबार, २६ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको  त्रयोदशी तिथि १९ः०८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र आद्र्रा, भोलि ०४ः२८ बजेसम्म, उप्रान्त औंसी, चन्द्रमाराशि मिथुन, सूर्याेदय ०५ः२३ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा बाधा पुर्रयाउनेहरू देखा पर्नेछन् । कामकाजमा केही समस्या आउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको सुझावमा भर नपर्नु होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नु होला । मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । विवादमा अघि नसर्नु नै राम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजनातर्फ अग्रसर भइनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा भने हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारमा निर्णय लिँदा काम दोहो¥याउनु पर्ने हुनसक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नु होला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।