श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ९ गते सोमबार, २५ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको  द्वादशी तिथि १६ः३६ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मृगशिरा भोलि ०१ः२३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्याेदय ०५ः२३ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन लिने अवसर जुट्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । केही काम बनाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम रोकिए पनि लाभांश प्राप्त भइरहनेछ । सहयोग जुट्नाले महŒवाकाङ्क्षी काम बन्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । लामो दूरीको यात्रा रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक कमजोरीले चिन्ता बढाउनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ला ।