श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ८ गते आइतबार, २४ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको  एकादशी  तिथि १४ः०५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रोहिणी २२ः१८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्याेदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । कामकाजमा केही अप्ठ्यारो आइपर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउन समय लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। अलमलले आँटेका काममा बाधा पुग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च हुने डरले सताउन सक्छ । विवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ ।