श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ७ गते शनिबार, २३ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको दशमी तिथि ११ः४७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र कृतिका १९ः२० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्याेदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम बने पनि उठ्नुपर्ने रकम रोकिन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । कम प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न सहयोग लिनुपर्ने हुन सक्छ । प्रयत्न गरे आम्दानीका स्रोत फेला पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत चिन्तनले शङ्का उब्जाए पनि पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। विवाद बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटकको योग देखिएकाले सजग रहनुहोला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छरछिमेकमा समेत असमझदारी बढ्न सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । काम दोहो¥याउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही कठोर नीति अवलम्बन गर्नुपर्ला । काम भने अधुरो रहनेछ । गलत चिन्तनले स्वयम् आलोचित भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् । मिहिनेतको फल प्राप्त हुनेछ।