श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ६ गते शुक्रबार, २२ जुलाई २०२२, नलनाम संवत्सर । श्रावण कृष्णपक्षको नवमी तिथि ०९ः५१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र भरणी १६ः४१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ०५ः२१ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवरोध देखापर्ने हुँदा होसियारी साथ काममा जुट्नुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले काममा उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आलश्य गर्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ  ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।