भ्रष्टाचारकाे मुद्दा खेपिरहेका धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. राजकुमार  रौनियारले सफाइ पाएका छन्  । 

बुधबार  बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशीप्रसाद थारुको इजालाशले अन्तिम बहसपछि रौनियारलाई  पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

अख्तियारकाे स्टिङ अप्रेशनमा करिब २ वर्षअघि ८ लाख रुपैयाँ घुस लिएको रकमसहित उनका भतिजा डा.रामहरि उनलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले आफै पैसा लगेर गर्ने स्टिङ अप्रेशनलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि  प्रा.डा.रौनियारले पनि सफाई पाउने अनुमान गरिएको भएपनि पटक–पटक पेशी स्थगित र हेर्न नभ्याउने भएर सर्दै आएको थियाे ।

अदालतबाट सफाई पाए पनि पुर्वउपकुलपति प्रा.डा.रौनियारको कार्यकाल गत फागुनमा सकिएको उनि उपकुलपति पदमा पुर्नवहाली हुन पाउने छैनन् ।

 अदालतकाे फैसलासँगै प्रा.डा. रौनियारले ढिलै भए पनि न्याय पाएकाे प्रतिकृया दिएका छन् । उनले आत्मसम्मान लागेको चोटमा केही राहत मिलेकाे बताएका छन् ।