वराहक्षेत्र । अन्य जिल्लाको तुलनामा सुनसरी जिल्लामा सबै भन्दा बढि, मिलेमतोमा, अवैध खोला दोहन हुने गरेको सुनसरी जिल्ला वन कार्यलय अभिकृत दान वहादुर श्रेष्ठले आरोप बताएका छन् ।
शनिवार वराहक्षेत्र नगरापलिकाको वार्ड नं २ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारण सभामा बोल्दै प्रमुख अतिथि श्रेष्ठले स्थानिय निकायले मनपरी जबरजस्ती खोला उत्खनन गर्ने कार्य आफुलाई मान्य नहुने बताए ।
श्रेष्ठले यस अघि बराहक्षेत्र नगरपालिकाले पटनाली खोलामा आफुखुशी खोला ठेक्का लगाएको तर यस वर्ष उपभोक्ताले गरेको व्यापक विरोधले गर्दा खोला ठेक्का लगाउँन पछि हट्नु परेकोमा प्रशंसा गर्दैै आफु उपभोक्ताको पक्षमा भएको जिकिर गरे ।
यस्तै जेठ महिनामा धरानको सेउती खोलामा जबरजस्ती खोला खनिएको भन्दै सर्दु बाघ र पटनाली खोलाको कुनै पनि हालतमा दोहन गर्न नदिने प्रतिवद्धता व्यक्त गरे । ‘उपभोक्ताको साथ भएमा एक फरुवा माटो समेत खन्न दिन्न’ भन्दै उनले वन समूहलाई सहयोगको लागि अपिल गरे ।
कर्यक्रममा प्रमुख अतिथि डिएफओ श्रेष्ठ र विशिष्टि अतिथि वार्ड नं २ अध्यक्ष हरिकृष्ण भट्टराईले उत्कृष्ट वन हेरालु भवानी प्रसाद नेपाललाई दोसल्ला ओढाएर सममान गरे । वनका अध्यक्ष टेकमाया पाण्डेले चतरा अस्पतालका डाक्टर अनिल गिरीलाई स्वास्थ्यमा योगदान पु¥याएकोमा सम्मान गरिन् ।
साधारणमा सभामा आदर्श वनका सचिव अमर कटुवालले आर्थिक वर्षको २०७८/७९ को लागि ३९ लाख १८ हजार ५ सय रुपैंयाको आय व्वय प्रस्तुत गरे । कटुवालले निम्न आय भएका ७ सदस्यलाई प्रत्येक वर्ष काठ दिईने बताए । यसैगरी उनले हात्तिले घर भत्काएका क्षतिको आधारमा नगद ५ हजार काठ उपलब्ध गराउने जस्ता ११ वटा कार्यक्रम संचालन गरिने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिहरु शसस्त्र वन सुरक्षा शाखा वराहक्षेत्र,कालाबन्जर र रामधुनी शाखाका प्रमुख कृष्ण गेलाल र चतरा अस्पतालका व्यवस्थापक निर्देशक डाक्टर अनिल गिरी ,चतरा प्रहरी ,शसस्त्र प्रहरी वल नेपाल वेश क्याम्प चतरा नेका नगर सदस्य युवराज भट्टराई र नेकपा एमाले वार्ड २ अध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
आदर्श माविमा, सन्तोषी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अमर कटुवालले गरेका थिए ।