पाँचथर । जिल्लाको फिदिम–२, तालखर्कमा आइतबार बिहान एक महिलाको शव भेटिएको छ । उक्त शव फिदिम–१, चारखम्बे बस्ने ६८ बर्षीया शुसीला तामाङको रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
परिवारका अनुसार उनी माघ ११ गतेदेखि घरबाट हराएकी थिइन् । परिवार र आफन्तले उनको खोजीकार्य जारी राखेका थिए । शवलाई पोष्टमार्डका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
उनको मृत्युबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।