धरान । धरान–१७ को उदय सामुदायिक वनस्थित कभर्ड हलको मर्मत सम्भार गरिने भएको छ ।

निर्माण भएको १३ वर्षपछि मर्मत सम्भार गर्न लागिएको हो । कभर्ड हलको मर्मतसम्भारसँगै स्तरोन्नति गर्न लागिएको वन समूहका अध्यक्ष जसकुमार राईले जानकारी दिए ।

कभर्डहलमा हाल ब्याडमिन्टन, कराँते, भलिबल, र टेबलटेनिस खेलहरू खेल्न सकिन्छ तर, अब भने बास्केटबल, खुल्ला चेस बोर्ड, सेपाकटेक्रो, एक्सरसाइज, वाक र रनिङ गर्ने स्थल पनि थप गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए ।

कभर्डहल मर्मतसम्भारका लागि शुक्रबार उदय साम्दायिक वन उपभोक्ता समूहले कार्यालयमा भेला आयोजना गरी आर्थिक उपसमिति पनि निर्माण गरेको छ । समूहका अध्यक्ष जसकुमार राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सचिवमा लहरुमाया जिमी, कोषाध्यक्ष मनोेज विष्ट र सदस्यहरूमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रहेका छन् ।

समितिले वैशाख महिनाभित्र मर्मतसम्भार कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसैबीच समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद १० हजार रुपैयाँ समितिलाई हस्तान्तरण गरेका छन् । वनलाई पर्यापर्यटनको रूपमा विकास गर्ने पनि योजना रहेको जनाइएको छ ।