झापाका जंगली हात्तीकाे  आक्रमणबाट एक बृद्धको मृत्यु मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा दमक नगरपालिका ३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारी रहेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ । कार्यालयका अनुसार मंगलबार राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेकाे अवस्थामा स्थानिय हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनकाे घटना स्थलमै मृत्यु भएको थियो । 

घटनाकाे सुचना पाएसंगै पुगेकाे प्रहरी टाेलीले   मृतक शवको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको उक्त कार्यालयले जनाएकाे छ ।