धरान । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले धनकुटाको महालक्ष्मी नगरपालिका–१ का पशुपालक कृषकलाई अनुदानमा च्याप कटर मेसिन वितरण गरेको छ । 

उक्त वडाका १९ जना पशुपालक कृषकलाई च्याप कटर मेसिन प्रदान गरिएको समृद्धि आयोजनाले जनाएको छ । समृद्धिले ३० प्रतिशत अनुदानमा च्याप कटर मेसिन दिएको हो । करिब ३७ हजार रुपैयाँ मूल्य रहेको च्याप कटरमा समृद्धिले ११ हजार एक सय रुपैयाँ अनुदान दिएको जनाएको छ । 

उक्त मेसिन महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी, समृद्धिका दुग्ध आपूर्ति शृङ्खलाका सुपरीवेक्षक सुधीर सुवेदीललागतयले च्याप कटर हस्तान्तरण गरे । यसले पशुपालक कृषकलाई सहजता थप्ने नगर प्रमुख नेपालले बताए ।