लक्ष्मीमार्ग । बेलबारी ८ बुधबारे स्थित बुधबार बरामद गरिएको घरेलुु मदिरा नष्ट गरिएको छ ।
प्रहरी चौकी भाउन्नेको नियमित गस्तीको क्रममा उक्त मदिरा बरामद गरिएको प्रहरी चौकीका प्रमुख इन्द्रबहादुर मगरले जनाएका छन् ।
साईकलमा मदिरा रंगेलीतर्फ लगिरहेको अवस्थामा प्रहरीले उक्त मदिरा बरामद गरिएको जनाएको छ । सोमबार प्रहरी चौकी भान्नेको कार्यलय क्षेत्र भित्रै उक्त करिब ९० लिटर घरेलु मदिरा खाडल खनेर डिस्पोज गरिएको थियो ।