इटहरी उपमहानगरपालिकाले दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले क्याम्पस पढ्ने दलित समूदायका विद्यार्थीलाई ३८ जना विद्यार्थीलाई प्रति विद्यार्थी २४ सयका दरले प्रोत्साहन प्रदान गगरेकी हुन् ।
उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत अाइतबार उक्त विद्यार्थीहरूलाई प्रदान गरिएकाे हाे । अन्य बिद्यार्थीहरूलाई अर्को दिन प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा दलित समूदायका विद्यार्थीलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताइन् । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए । उपप्रमुख गौतमले उपमहानगरपालिकाले निःशूल्क संचालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरुलाई आग्रह गरे ।