माेरङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेकाे इलाका प्रहरी कार्यालय सिजुवाले जनाएकाे छ । कार्यालयका अनुसार बिहिबार बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका श्रेष्ठ खोलाको डिलमा रहेकाे पानी तान्ने ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएका थिए ।
घाइते श्रष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएकाे छ ।
घटना सम्बन्धमाथप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।