सुनसरी । सुनसरीको इनरुवामा शसस्त्र प्रहरीका बहालवाला एसपी प्रविण कडेलले अर्काको निजि जमिन मिचेर बनाएको वाल अबैधानिक भएको पाइएको छ ।

नापी कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको सर्वेक्षकले गरेको नापीबाट कडेलले रोशन भट्टराईको जमिनको ६ फिट जमिन मिचेर वाल लगाएको पाइएको हो ।

जग्गाका अन्य संधियार र जनप्रतिनिधिको रोहवरमा जग्गाको नाप जाँच गर्दा कडेलले आफनो जग्गामा पर्ने बाटोको नाप नगरि पछाडीको जमिन ६ फिट जग्गा मिचेर पक्की पर्खालनै लगाइदिएका हुन् ।

कँडेलले व्यवहारिक छलफलमा जग्गा मिचेको कुरा स्वीकार नगरेपछि पिडित भट्टराईले इटहरी उपमहानगरपालिका र नापी कार्यालय सुनसरीमा जग्गा नाप जाँचको लागि निवेदन दिएका थिए । जग्गाका संधियारहरुले पनि कडेलले जग्गा मिचेरै वाल लगाएको प्रतिकृया दिएका छन् ।

पीडित भट्टराईले प्रहरी अघिकृत जस्तो गरिमामय पदमा कार्यरत कडेलले आफनो हक अघिकारी खोज्दा अर्काको अधिकार खोसिएको बताए  । कडेलले जवरजस्ती रुपमा अर्काको जग्गा मिचेको र अब कानूनी रुपमा अघि बढ्ने उनको भनाई छ ।

भट्टराईको किता नं १६७१ रहेको साढे १२ धुर जग्गामा कडेलले तिन महिना अघि यो वाल लगाएका थिए । जग्गा भने सालीको रहेको र उनि हाल अष्ट्रेलियामा बसोबास गर्दै आएको हुँदा भट्टराईले उक्त जग्गा रेखदेख गर्दै आएका छन् ।