धरान–१२ स्थित एम्स एकेडेमीले स्नातक तहमा नेशनल बहुमुखी क्याम्पसको स्वामित्व लिँदै यस वर्षबाट विभिन्न सङ्काय अध्यापन गराउँदै छ । क्याम्पसले ल्याएको शिक्षा र समग्रबारे एकेडेमीका व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीसँग ब्लाष्ट दैनिकले गरेको कुराकानीको सम्पादित अंशः

एम्स एकेडेमीले नेशनल बहुमुखी क्याम्पसलाई पनि सञ्चालनमा ल्याउनुभएछ, यसमा चाहिँ कुन कुन सङ्काय पढाइ हुन्छ ?
– धरान–१ सिंहदेवी चौकस्थित पुरानो बालिका स्कुल भवनमा सञ्चालन भइरहेको नेशनल बहुमुखी क्याम्पसको स्वामित्वसहित एम्स एकेडेमी धरान–१२, चतरालाइनमा यही वर्षबाट सञ्चालन हुने गरी सुविधा सम्पन्न भौतिक पूर्वाधारको साथमा बि.एड. जेनेरल, बि.एड., आई सि.टी तथा बि.बि.ए. का कक्षाहरू सञ्चालन भइरहेका छन् ।

अहिले सबैतिर बीबीएस, बिएड, बिए पढाइ हुने क्याम्पसहरू छन्, नेशनलमै विद्यार्थी पढ्न आउनुपर्ने कारण चाहिँ के नि ?
– कलेजअनुसार सबैका आ–आफ्ना विशेषता रहन्छन्, तर नेशनल बहुमुखी कलेज विशेष गुणस्तरीय शैक्षिक वातावरण अनुभवी तथा दक्ष प्राध्यापकज्यूहरूद्वारा अध्यापन, प्रविधिमैत्री शैक्षिक गुणस्तर, सुविधा सम्पन्न भौतिक पूर्वाधार, अनुशासन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय माग बमोजिम प्रविधिउन्मुख प्रभावकारी सिकाइका साथै भविष्यमा शतप्रतिशत दक्ष शैक्षिक सामाजिक जनशक्ति उत्पादन हुने भएकाले पनि यस कलेजमा विद्यार्थीले पढून् भन्ने हाम्रो उद्देश्य हो ।

यी सङ्कायमा पनि विशेषगरी कुन विषयलाई चाहिँ बढी प्राथमिकतामा राख्नुभएको छ ?
– युनिभर्सिटीअन्तर्गत सम्पूर्ण विषयको भार समान छन् तर, समय सपेक्ष हाल प्रविधिमैत्री वातावरण विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धी नेपालको हकमा पनि आवश्यक प्राविधिक शैक्षिक जनशक्तिको आधारमा सतप्रशित भविष्य शुनिश्चितता भएको शिक्षा शास्त्रअन्तर्गतको बि.एड. आई.सि.टी.लाई बढी प्राथमिकतामा राखिएको छ ।

भनेपछि आई.सि.टी. अहिलेको समय सुहाउँदो विषय हो । यो विषय पढ्नका लागि सबै सङ्कायले पाउने हो कि कुनै निश्चित सङ्काय उत्तीर्ण गरेका विद्यार्थीले मात्रै पाउने हो ?
– हो, वास्तवमै आई.सि.टी. अहिलेको शैक्षिक आवश्यकता नै हो, यो विषयको अध्ययन गर्नाले पूर्णरूपमा यो समाजले खोजेको शैक्षिक प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन हुने नै हो । हालसम्म यो विषय अध्ययन गर्न कक्षा १२ अन्तर्गत हाल वा पहिले पनि कतिमा सबै विषय उत्तीर्ण गरी समग्रमा डी–प्लस वा सो सरहको ग्रेड ल्याई जुनैसुकै विषयबाट पनि १२ कक्षा उत्तीर्ण गरेको भए हुनेछ ।

एउटा विद्यार्थीले कोर्ष पूरा गर्न कति शुल्क तिर्नुपर्छ ?
– साधारण तथा प्राविधिक अध्यापन गराइने विषयको शुल्क महँगो नै पाइन्छ तर, हामीले अध्यापन गराउने नेशनल बहुमुखी क्याम्पसअन्तर्गतका विषयहरू साधारणतर्फ बढीमा ३६ हजार वार्षिक र प्राविधिक शिक्षातर्फ ५० हजार वार्षिक राखिएका छन् । जसमा विद्यार्थीको कक्षा १२ हो रिजल्ट, प्रवेश परीक्षाको परीक्षाफल तथा विभिन्न समुदाय वा वर्ग तथा देशभरि निजी तथा सामुदायिक क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीका छोराछोरीलाई विशेष छुटको व्यवस्थासमेत गरिएको छ ।

आई.सि.टी. अध्ययन गरिसकेका विद्यार्थीहरू कुन कुन क्षेत्रमा जान सक्छन् ?
– शिक्षाशास्त्र आफैमा पूर्ण विषय हो, जो राष्ट्रिय आधारभूत जनशक्ति निर्माणको प्रमुख आधार नै हो । त्यसमा पनि आई.सि.टी. समेत शिक्षा सङ्कायमा भइसकेपछि त सुनमा सुगन्ध नै हो नि । अध्यापनकै सिलसिलामा बजारले मागेको प्राविधिक शिक्षक, अध्ययनपश्चात् नेपाल सरकारको सम्पूर्ण अधिकृत लेभलका पदमा निजामती तथा सेवा आयोगअन्तर्गत सम्पूर्ण क्षेत्रमा जान सक्नेछन् ।

भावी दिनमा कस्ता कस्ता कार्यक्रमहरू ल्याउँदै हुनुहुन्छ ?
– भविष्यमा यस कलेजले बजारको आवश्यकता विद्यार्थीको माग अनुरूपका विषयहरू बि.एस. डब्लु, बि.बि.ए., बि.ए., एल.एल.बित्र. १ वर्षे बि.एड. तथा एम.एड.समेत प्रस्ताव गरिएको र आगामी वर्षबाटै सम्बन्धन लिई सञ्चालनमा ल्याइनेछ । अन्त्यमा हाम्रो बारेमा बुझ्न वा जानकारीका लागि सिधै कलेज प्रशासनमा सम्पर्क गर्नुहुन पनि सक्नुहुनेछ । धन्यवाद ।