धरान । अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा धरानमा अहिले ¥याली निकालिएको छ ।
हर्क साम्पाङ नेतृत्वको राष्ट्रिय एकता सञ्जालले एमसीसी नेपालको हितमा नभएको भन्दै विरोध ¥याली निकालेको हो । ¥याली धरान–११ को पानीट्याङ्कीबाट सुरु भई जनपथ हुँदै जीरोपोइन्टबाट कोशी राजमार्ग हुँदै भानुचौकमा आई कोणसभा गर्ने कार्यक्रम रहेको साम्पाङले जानकारी दिए ।
‘से नो टु एमसीसी’, एमसीसी मुर्दावाद, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ नारा उल्लेख गर्दै ¥याली निकालिएको हो । कोणसभामा साम्पाङले सम्बोधन गर्ने कार्यक्रम छ ।