मोरङमा छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।
हिजो राती ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका थिए ।
सहनिको कोशी अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
यसैगरी मोरङकै बुढिगंगा गाऊपालिका २ टंकी स्थितमा हिजो राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र. १–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए ।
उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।