धनकुटा। धनकुटामा थारु पत्रकार संघ जिल्ला शाखा धनकुटा गठन गरिएको छ ।
मङ्गलबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का महासचिव विदुर खवासको प्रमुख आतित्थ्यमा ९ सदस्य तदर्थ समिती गठन गरिएको हो ।
संघको अध्यक्षमा ब्रम्मलाल हजारी, उपाध्यक्षमा लुसी गच्छदार, सचिवमा पूर्णकुमार चौधरी, कोषध्यक्षमा मिङ्गमा लामु शेर्पा चौधरी र सदस्यहरुमा तिलकराम चौधरी, नेवनारायण चौधरी, बलराम चौधरी, भूदेव भगत र दुखाराम माझी सदस्य रहको समिती गठन गरिएको सचिव पूर्णकुमार चौधरीले ब्लाष्टलाई जानकारी दिए ।