झापामा माछा मार्ने क्रममा खाेलामा डुबेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ वर्षिय भिम सोरेन रहेकाे इलाका प्रहरी कार्यालय गाैरीगंजले जनाएकाे छ ।
कार्यालयका अनुसार शनिबार बेलुका गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका साेरेन बिहानसम्मपनि नफर्किएपछि खोजतलास गर्ने क्रममा आइतबार साढे २ बजे खोलामा डुबेकाे अवस्थामा मृत फेला परेका थिए ।
घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।