धरान । पूर्व क्षितिज प्रकाशन प्रालिका शेयर सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका बजार प्रमुख ज्ञानु विष्टलाई मातृशोक परेको छ ।

उक्त रक्तचापका कारण हृदयाघात भएर उपचाररत ७६ वर्षीया ओलीमाया विष्टको आइतबार निधन भएको हो । ओलीमाया करिब १६ दिनदेखि मोरङ विराटनगरको विराट टिचिङ हस्पिटलमा उपचाररत थिइन् ।

पारिवारिक स्रोतका अनुसार आइतबार २ बजेर २८ मिनेटमा मृत्यु भएको हो । उनका एक छोरा र दुई छोरी छन् । उनका पतिको यसअघि नै मृत्यु भएको हो । उनीहरूको स्थायी घर कमल गाउँपालिका–५ पाडाजुँगीमा रहेको छ ।