विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा १२ को नतिजा यस वर्ष पनि सर्वोत्कृष्ट ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार मेरिल्याण्डले यस वर्ष पनि कक्षा १२ को नतिजा सर्वोत्कृष्ट ल्याउन सफल भएको हो । 

७ सय ७७ जना विद्यार्थीले दिएको परीक्षामा १ सय १३ जनाले ए प्लस,  ए ४२९, बी प्लस २१५ र बी २० जनाले ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।  

मेरिल्याण्डका छात्रतर्फ गणेश कार्कीले ३.७८ जीपीए ल्याएर कलेज टप गरेका छन् । छात्रातर्फ आयषा दाहाले ३.७६ जीपीए ल्याइन् ।  

विराटनगर – ७ रङ्गेली रोडमा रहेको मेरिल्याण्ड  कलेज यसअघि देशभरीमै टप ७ मा पनि पर्न सफल भएको थियो ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता ‘एजुकेसन समाचार’ नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड कलेज उत्कृष्ट ७ मा पर्न सफल भएको थियो । 

केही दिन अगाडि पनि केन्द्र विन्दु नाम संचार माध्यमले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देसभरीकै वेस्ट १० प्लस टु को सूचिमा परेको थियो ।

मेरिल्याण्ड गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावक र विद्यार्थीको मन जित्न सफल छ । २०५९ सालमा स्थापित कलेजले २० वर्षको अवधिमा व्यवस्थापक, उद्यमी, सरकारी कार्यालय प्रमुखहरू उत्पादन गरि अहिले स्वरोजगार भएका छन् । कलेजबाट उत्पादन भएका विद्यार्थीहरू अहिले देशविदेशमा अध्ययन गरि रोजगारी पाएका छन् । 

उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिर मोफसलका कलेजहरुमध्ये मेरिल्याण्ड विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।  दक्ष, अनुभवि र सँधै माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता भएको कलेजका प्राचार्य लक्ष्मण ढकालले बताए । 

अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् । आउँदा दिनहरुमा पनि शैक्षिक गुणस्तरलाई अझै सुदृढ गर्दै अगाडी बढने कलेजका प्रिन्सिपल ढकालको भनाई छ ।