यासोक । सामाजिक कार्यमा निरन्तर खटिएको जनसेवा समाज पाँचथरको संयोजनमा पाँचथरको फिदिम नगरपालिका वडा न. ७ अरनिको आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्विटर तथा स्टेशनरी प्रदान गरिएको छ ।

कक्षा १ देखि ८ कक्षा सम्मका ७९ जना विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी वितरण गरिएको हो । चिसो समय सुरु भयसँगै  विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै बालबालिकाहरूलाई न्यानो कपडाको रूपमा स्वेटर र स्टेशनरीहरु प्रदान गरिएको समाजका कोषाध्यक्ष देवीमाया बुढाथोकीले बताइन् ।

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारी, फिदिम ७ का वडा अध्यक्ष गोपाल गुरुङ, फिदिम २ का वडा अध्यक्ष सुकपाल तुम्बापो, आयुर्वेद अस्पतालका कर्मचारी खगेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राई लगायतले शुभकामना व्यक्त गर्दै समाजको प्रशंसा गरे ।

समाजको संयोजनमा काकोलेनिका कार्यालयमा कार्यरत प्रकाश तुम्बाफो १० हजार, जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख एस.पी नकुल पोख्रेल १० हजार, कोलेनिकामा कार्यरत सह लेखापाल सुनिल कुमार श्रेष्ठले १० हजार लगायतका दाताहरूले  सहयोगमा ४२ हजार रुपैयाँको आर्थिक सहयोगमा न्यानो कपडा र स्टेसनरी वितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।