धरान ६ मा आगलागी  हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।  पानबारीरी स्थित लिम्बूचैरीका रामबहादुर खड्काको काठको घरमा आगलागी हुँदा जेलेर पूर्णरूपमा नष्ट भएको हो । 

आगलागीको कारण नखुलेपनि विद्युतिय सर्टका कारण आगलागि भएको हुनसक्ने अनुमान गरिएको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमती घरको भुइ तलामका रहेका बेला माथीबाट आगलागी सुरू भएको थियो । 

घर पूर्णरुपमा  जलेर नष्ट भएकोले  ६० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय, धरानले जनाएका छ । आगो  धरान उपमहानगरपालिकाको २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिइसेका छन् ।