विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरूको समस्या निराकरण गर्नका लागि दुईजनालाई प्रमुख बनाइएको छ ।

एक वर्षे कार्यकालका लागि सौगात तिम्सिना र केशिका श्रेष्ठलाई प्रमुख बनाइएको हो । विद्यार्थीहरूबीच मतदान गराउँदै नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाइस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाइस क्याप्टेन पनि चयन गरिएको छ ।

यस्तै विद्यालय भित्र रहेका विभिन्न क्लबका लािग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आआफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा अभिमुखीकरण तालिम दिइएको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त नेतृत्व विकास, अनुशासन र जिम्मेवारीबोध गराउनका लागि नेतृत्व चुन्ने र चुनिने अभ्यास गराइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए ।

online-b