मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा ट्याक्टर पल्टदा  २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली  नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मण्डी रहेका छन् ।

साेमबार  बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्याक्टरले स्थानिय ईन्द्र दर्जीको खेत जोती सकेर निस्कने क्रममा  ट्याक्टर पल्टिदा घाईते भएका  उनिहरूकाे कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडुलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।