ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा त्यसमा सवार ४ जनाको मृत्यु भएको छस भने अन्य १२ जना घाइते भएका छन् ।
सोमबार (आज) बिहान साँढे ७ बजे जिल्लाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३– ०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
कार्यालयका अनुसार दुर्घटनामा परी सिद्धिचरण नगरपालिका १० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ बर्सिया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ बर्सिया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको छस भने अन्य घाइतेहरूलाई मिशन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।