धनकुटा । मोरङ जिल्लामा पहिलो पटक तामाङ पत्रकार संघ गठन भएको छ । तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिको आयोजनामा शुक्रवार मोरङको पथरी बजारमा तामाङ पत्रकार संघ मोरङ गठन भएको हो ।  

मोरङ जिल्लाको तामाङ पत्रकारहरुको प्रथम ऐतिहासिक भेलाले पीएलटीभी डटकमका प्रवन्ध निर्देशक अनुप योन्जन तामाङको अध्यक्षतामा ९ सदस्यीय संघ गठन भएको छ ।

संघको सचिवमा राजकुमारी तितुङ तामाङ, कोषाध्यक्षमा उज्वल बल तामाङ चयन भउका छन् । यस्तै सदस्यहरुमा सन्तोष तामाङ, भावना तामाङ, सुष्मिता तामाङ, मनिषा तामाङ, सञ्जय तामाङ र अलिशा तामाङ रहेका छन ।

यस्तै गरी सो अधिवेशनको बन्द सत्रले तामाङ पत्रकारङ पत्रकार मोरङको सल्लाहकार समितिको संयोजकमा तामाङ घेदुङका अध्यक्ष दिलबहादुर पाख्रिन, कोशि भिजन फिल्म् प्रा.लि. इटहरीका प्रवन्धक निर्देशक लाखमान योन्जन, प्रेमकुमार तामाङ, राजकुमार लामा र लक्ष्मण तामाङ चयन भएका छन् ।

एक नम्बर प्रदेश समितिका अध्यक्ष सन्तविर लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल तामाङ घेदुङ मोरङ जिल्लाका अध्यक्ष दिलबहादुर पाख्रिन तामाङले देशमा संघीयता आएसँगै जातिगत संघसंस्थाले पिछाडिएका समूदायको विकास गर्न सवैखाले भगिनी संघसंस्थालाई क्रियाशील पारेर अघि बढ्नु पर्ने बताए ।

यस्तै कार्याक्रममा नेपाल पत्रकार महासंघ झापा जिल्लाका सचीव तथा तामाङ पत्रकार संघ प्रदेश समितिका सल्लाहकार डिकेश लामाले पिछाडिएका समूदायका आवाज बुलन्द बनाउन पिछाडिएकाहरु नै संचार क्षेत्रमा सक्रीय हुनु पर्ने बताए ।

अबको पत्रकारिताको विषय भनेको भौतिक विकासमा मात्र केन्द्रित नभई पिछाडिएका समूदाय, जाति र उनीहरुको साँस्कृतिक गतिविधिलाई जोड दिनु पर्ने बताइएको छ । कार्याक्रममा प्रदेश समिति अध्यक्ष लामाले नव गठित समितिलाई सफथ ग्रहण गराउँदै आधुनिक प्रविधिसँग जुधेर शिप सिकेर ससक्त पत्रकारिता गर्ने वेला आएकोले सवैले आवश्यक अध्ययन र शीप सिक्नु पर्नेमा जोड दिए ।

अध्यक्ष लामाले अबको पत्रकाररिता राज्यद्धारा पछि पारिएका समुदायका लागि केन्द्रित हुनु पर्नेमा पनि जोड दिएका छन् । सो अवसरमा नेपाल तामाङ घेदुङ पथरी नगर समितिका कोषाध्यक्ष डम्वर वहादुर बल तामाङ, वेलवारी नगर घेदुङका सचिब सन्तोष तामाङ, पिएलटिभि डटकमका सुमन विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश नम्बर १ मा हालसम्म धनकुटा, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँस्थर र मोरङ जिल्ला गरी ८ वटा जिल्लामा तामाङ पत्रकार संघको संगठन विस्तार भैसकेको अध्यक्ष लामाले बताएका छन् ।