प्रदेश १ मा बृहत् राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्डले सरोकारवालासँग आज भेटघाट गरेको छ । 

पहिलो चरणमा सुनसरी र मोरङ जिल्लाका सरोकारवालालाई बोर्डले भेटघाट गरेको हो। चलचित्र विकास बोर्डले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई र उद्योग वाणिज्य सङ्ग इटहरीका अध्यक्ष भीम पौडेल  लगायतलाई भेटेका छन् । 

अब दोस्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि भेटघाटको कार्यक्रम गरिने बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । चलचित्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको उनले बताए । 

यस पटक विभिन्न सहरमा स्थानीय चलचित्र तथा छनौटमा परेका चलचित्र प्रदर्शन गरिनेछ । यो प्रदेश १ को गौरव भएको चलचित्र कर्मी महासङका अध्यक्ष अरुण प्रधानले बताए । भेटघाटमा अध्यक्ष दयाराम दाहालसँगै बोर्ड अधिकृत  प्रभाकर भटराई, निर्माता सङ्घका सदस्य ज्योतिराज राई, निर्माता सङ्घ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, चलचित्रकर्मी महासङ्घका अध्यक्ष अरुण प्रधान, चलचित्रकर्मी हिमाल दाहाल, रबिन श्रेष्ठ, महासचिव दिनेश कोइराला र निर्देशक समाजका सदस्य भीषण राईको सहभागिता रहेको थियो । 

चलचित्र विकास बोर्डले भोलि प्रदेश सरकार सङै, इटहरी नगरपालिका र विराटनगर उपमहानगरपालिका मेयरसँग पनि भेटघाटको कार्यक्रम राखेको बोर्डका अधिकृत प्रभाकर भट्टराईले बताए ।