बैदेशी रोजगारमा रहेका नेपालीहरूले नागरिक समाज केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत धरान १६ निवासी गोपाल खड्काको अग्रसरतामा त्यहाँ कार्यरत १३ जना नेपालीले केन्द्रलाई १२ हजार ३ सय ८४ रुपैयाँ सहयोग गरेका हुन् । 

 सङ्कलित रकम गत असोज ५ गते संस्थाका सदस्य समेत रहेका खडकाले  केन्द्रका अध्यक्ष शान्तिराम दाहाललाई हस्तान्तरण गरेको दाहालले जनाएका छन् ।