धरान । मोरङको बक्राहा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।
बुधबार दिउँसो मोरङ रङ्गेली नगरपालिका–७ बक्राहा खोलामा दुईजना नुहाउन गएका थिए । नुहाउने क्रममा दुवैजना बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बेपत्ता भएकामध्ये रङ्गेली नगरपालिका–६ का २१ वर्षीय बिटुकुमार साह भेटिएका हुन् । उनलाई तत्काल उपचारका लागि रङ्गेली अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै अर्का १८ वर्षीय राजा साह हालसम्म पनि बेपत्ता रहेका छन् । मृतक बिटु राजाको घरमा पाहुना आएका थिए । हराइरहेका राजाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।