विराटनगर । बिहीबार  बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ सकिएको छ । नदीमा बनाइएको सजिया घाटमा पूजा गरेपछि व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।

सूर्यलाई अर्घ दिन विराटनगरको विभिन्न जलाशय र छठघाटमा भक्तालुको भीड लागेको थियो । यसअघि बुधबार  साँझ अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ दिएका थिए । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिने गर्दछन् ।

विराटनगरको सिंघिया, कसेलिया, सुनसरी मोरङ सिचाइ आयोजनाको नहर लगायतका स्थानमा छठ पुजाका लागि सजिया घाट बनाइएको थियो ।

chaat1

chaat2

chaa1

chaat1a