पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ स्थित तित्रीझाँकमा सुबोल चन्द्रवंशीको घरमा भएको आगलागीबाट ३६ लाख ७७ हजार नगदसहित सम्पूर्ण घर र सरसामान जलेर नष्ट भएको छ ।

आगलागीको क्षतिका बारेमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले अनुगमन गरेको छ ।

टाटीको बेरा भएको टाँडे घरको टाँडबाट उठेको आगोले ऋण काढेर ल्याएको ३५ लाख सहित नगद ३६ लाख ७७ हजार नगद तथा घर र घरको सम्पूर्ण सामान जलेर नष्ट हुँदा ४६ लाख बढीको क्षति भएको प्रहरी मुचुल्का तयार भएको छ ।

जग्गा किन्नका लागि लिइएको ऋण रकम दराजमा रहेको अवस्थामा कार्तिक २२ गते विहान साढे ९ बजे भएको आगलागीबाट जलेर नष्ट भएको पाइएको छ । नम्बर भएको अवस्थाका नोटहरु साट्ने व्यवस्थाका लागि वडा र नगरले नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्ने भएको छ ।