बराहक्षेत्रमा पहिलाे पटक ओपन स्काउट क्रु सन्चालन भएकाे बराह ओपन स्काउट क्रुका ३० रेन्जर र ६ रोभर दीक्षित भएका हुन् ।
क्रुका रोभर-रेन्जरलाई एक समारोहका बीच स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी र वराहक्षेत्र नगर समिती सदस्य दिपेश अधिकारीले प्रतिज्ञा गराउँदै दीक्षित गरिएको छ ।
प्रशिक्षक निर्मलाले रेन्जरलाई प्रतिज्ञा गराइन भने नगर समिती सदस्य दिपेशले रोभरलाई प्रतिज्ञा गराएका थिए । बराहक्षेत्र नगरपालिकाका निलम खनालले प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा स्काउटका प्रदेश संयोजक रवि खनाल, सदस्य हेमन्त भण्डारी, बराहक्षेत्र शिक्षा शाखाका प्रमुख देवेन्द्र मल्ललगायतको उपस्थिति रहेको थियो ।
स्काउटमा छात्रालाई रेन्जर र छात्रलाई रोभर भनिन्छ । शिक्षा, युवा, खेलकुद शाखा बराहक्षेत्रको आयोजनामा भएको प्रथम दीक्षान्त समारोहमा दीक्षितलाई सपथ प्रतिज्ञा गराइएको हो ।