मोरङ ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलाकोपुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाउँपालिका ५ का २१ बर्षीय आशिष सरदार रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार आज बिहान ७ बजे पुर्व तर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमानै मृत्यु भएको हो । घटनको बारेमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।