धरान । मोरङ उर्लाबारी नगरपालिका आइतबारेस्थित पूर्वपश्चिम लोकामार्गमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

को १ ख ७८२८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र १ ०२ ०४१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । 

मोसा चालक सोही ठाउँका ७२ वर्षीय नगेन्द्रप्रसाद ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका २ का ३८ वर्षीय रुद्रबहादुर थापालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।