माेरङकाे धनपालथानमा बसकाे ठक्करबाट  साईकल यात्रीको मृत्यु भएको छ । 

बुधबार  दिउसाे साढे २ बजे रंगेली–बिराटनगर सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र १–०४–००१ ख ००२२ नम्बरको बसले  बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए ।

दुर्घटनामा घाइते भएका उनिहरूलाई अस्थाई प्रहरी चौकी बेतौनाकाे प्रहरी टोलीले उपचारको लागी रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्‍याइएकाेमा  रेखाकाे अस्पताल  पुर्‍याउन साथ मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ । 

कार्यालयका अनुसार  बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको  छ ।