सुनसरीमा राती १० बजेसम्म मात्र देउसी खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गर्दै  कोरोना सङ्क्रमणको दर अपेक्षित रूपमा नघटेको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर १० बजेसम्म मात्र देउसी भैलोको नाचगान जस्ता कार्यहरू गर्न आदेश दिएको छ । 

सूचनामा पटका, अतिसवाजी, झिरझिरे, भुइचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्नुका साथै ओसारपसार, निकासी, तथा विक्री नगर्न भनेको छ । 

 जिल्ला प्रशासनले मादक पदार्थ सेवन गरेर शान्ति सुरक्षालाई असर गर्ने गरी होहल्ला गर्न तथा झै–झगडा गर्ने जस्ता कार्यहरू नगर्न, भिडभाड नगर्न र   देउसी भैलो कार्यक्रमका लागी सार्वजनिक यातायात र जनजीवनमा असर पर्ने गरी कुनै पनि कार्य नगर्न भनेको छ ।  

मठ मन्दिर लगायतका धार्मिक स्थलहरूमा मर्यादित रूपमा स्वास्थ्य मापदण्डको पालना गरी पूजापाठ  जस्ता धार्मिक गतिविधि गर्न आग्रह समेत गरेको छ । 

253068345_1819460438222413_8519559475499951944_n