मोरङकाे रंगेलीमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु भएकाे छ ।
नगरपालिका काे ८ नम्बर वडा स्थित दर्बेशा चौकमा मे १ ख २२९१ नम्बरको मिनि ट्रकको ठक्करबाट पदैल यात्री स्थानका २८ बर्षीय शनि राजबंशीकाे मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयल। विराटनगरले जनाएकाे छ । कार्यालयका अनुसार आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउँदै गरेको उक्त ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
दुर्घटनापछि ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको कार्यालयले जनाएकाे छ ।