धरान । नेपाल पत्रकार महासंघ सुनसरीको भौतिक निर्माणका लागि धरानका नगर प्रमुख तिलक राईले ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
महासंघको भौतिक निर्माणका लागि नगर प्रमुखले सोमबारको दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा नगद सहयोग गर्ने घोषणा गरेका हुन् । उनले श्रमजीवी पत्रकारहरूलाई प्रत्यष लाभ पुग्ने गरी कार्यक्रम ल्याइने बताए । त्यस्तै सञ्चार संस्थाहरूलाई पनि सहयोग गर्ने विषयमा तिहारपछि छलफल गरिने बताए ।
नगरका गतिविधिलाई बेवसाइटमा अपडेट गर्नका लागि सूचना शाखालाई निर्देशन दिए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासंघका सल्लाहकार सन्तोष काफ्ले, खेलकुद पत्रकार महासंघ सुनसरीका अध्यक्ष रत्न आचार्य, महिला पत्रकार गंगा बराल, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङलगायत पत्रकारहरूले धन्यवाद ज्ञापन गरे ।