उदयपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
कार्यालयका अनुसार आइतबार बिहान साढे ९ बजे घर नजिकै बाँस काट्ने क्रममा अचानक बिद्युतको मेन लाईनको तारमा बासले छुन गई करेन्ट लागेपछि मगरको घट्नास्थमै मृत्यु भएको हाे ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।