वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा केही महिना अगाडी भएको जीवन बिमा हकवादी प्रकरणमा वार्ड अध्यक्षले, पति पत्नीलाई बेग्ला बेग्लै मृत्यु दर्ताको सक्कल प्रमाणपत्र दिएको विवाद अझै समाधान भएको छैन ।
दुई अलग अलग सक्कल प्रमाणपत्र दिएर विवादित बनेका वडा नम्बर ८ का अध्यक्ष फणिन्द्र भट्टराईले गल्ती स्वीकार गर्नुको बदलामा परिवारलाई जेल हाल्ने धम्की दिएको भन्दै जितपुरका गोपाल कटवाल पत्रकार सम्मेलन गरी बताएका छन् ।
नगरपालिकाको कार्यालय अगाडी पत्रकार सम्मेलन गरेर कटवालले, करिब १६ महिना अगाडी ५ वर्षको छोरोको क्यान्सर रोगले निधन भएपछि उनको नाम गरिएको जीवन बिमा रकमलाई आफूसँग छुट्टिएर बसेकी श्रीमतीले दुरुपयोग गर्न सक्छिन् भनेर वडाध्यक्षलाई जानकारी गराएको तर भट्टराईले जानाजान आर्थिक मिलेमतोमा किर्ते गरी सक्कल प्रमाणपत्र दिएको आरोप लगाए ।
पत्रकारलाई कागज देखाउँदै कटवालले भने, ‘छोरोको १३ दिने कामपछि वार्डमा गएर मैले मृत्यु दर्ता र नाता प्रमाणीकरण गराए त्यसको सक्कल कागज मसँग छ, भने कसरी श्रीमतीले पनि सक्कली प्रमाणपत्र पाइन् ? यो किर्ते काममा भट्टराई, वार्ड सचिव गंगामाया लिम्बु, स्थानीय शिक्षक धनश्याम दाहाल संलग्न छन्’ ।
' जानाजान वार्डले गरेको गल्तीले गर्दा पत्नी देवकाले बिमा सम्झैताकाे १९ लाख ८७ हजार ५ सय मध्ये १५ लाख मात्र निकालेर गुमनाम छिन् अरू पैसा खोइ त ? उनले प्रश्न गरे । बिमा कम्पनीले वार्ड कार्यालयलाई भराउने फारममा विवरण पनि अपुरो छ . ' उनले भने ।
वार्डको सो गलत कार्यको विरुद्ध नगर प्रमुखसँग पटक पटक अनुरोध गरेको तर मेयर खनालले पहिला हुन्छ भनेर पछि चुप लागेको उनले गुनासो गरे ।
यस सम्बन्धमा वडाअध्यक्ष फणिन्द्र भट्टराईसँग प्रतिक्रिया उनले देवका अधिकारीलाई आफूले नचिनेको बताए, कटवाल दम्पतीसँगै आएर प्रमाणपत्र लगेका थिए , पछि उनीहरू बिचमा आन्तरिक विवाद भएपछि श्रीमतीले आएर माग गरेपछि, प्रतिलिपि कागज मात्र दिएको हु“ । प्रमाण देखाउन भन्दै उनले विवादमा आफूलाई फसाउन खोजेको बताए ।